नेपालमा कोरोना : घट्दै सक्रिय संक्रमितको संख्या, थप १ सय ५५ जनामा संक्रमण पुष्टि

लोकपथ
266
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार १ सय ५२ परीक्षणमा थप १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

No photo description available.

त्यस्तै बितेको २४ घण्टामा थप ५ सय ४० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५५ हजार ९ सय ९८ रहेको छ।

साथै पछिल्लो २४ घण्टामा कोरोनाका कारण नेपालमा थप २ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ३४ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ३९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?