महोत्तरीमा भेटिएको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि, सेनाद्वारा निष्कृय

लोकपथ
84
Shares

महोत्तरी । महोत्तरीमा फेला परेको शंकास्पद वस्तु टाइम वम भएको पुष्टि भएको छ । टाइम बम भएको पुष्टि गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

अहिले यहाँको जनजीवन सामान्य बनेको नगर प्रमुख हरि मण्डलले जानकारी दिए ।

प्रहरीले उक्त बमको बिषयमा अनुशन्धान अगाडि बढाएको छ । नगरपालिका कार्यालयनजिकै राखिएको बमको विषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

विहान करिब १० बजे झोलाभित्र प्रेसर कुकर र तार फेला परेपछि स्थानीयले प्रहरीलाइ खवर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?