२० माघ २०७९, शुक्रवार

विश्वभर थपिए १६ लाखभन्दा बढी कोरोनाका नयाँ संक्रमित, ८३ सयभन्दा बढीको मृत्यु

२०७८,फाल्गुन,१४,शनिवार ११:०८

126
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर १६ लाख १० हजार २८७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण ८ हजार ३५९ जनाले ज्यान गुमाएका छन् ।

वल्डोमिटर्सका अनुसार योसँगै विश्वमा कूल कोरोना भाइरस संक्रमितको संख्या ४३ करोड ३२ लाख ९७ हजार २१० पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ५९ लाख ५६ हजार ३२५ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित जर्मनी, दक्षिण कोरिया र रुसमा थपिएका छन् । उक्त अवधिमा जमर्नमा १ लाख ९३ हजार ९९, दक्षिण कोरियामा १ लाख ६५ हजार ८८९ र रुसमा १ लाख २३ हजार ४६० जनामा संक्रमण पुष्टी भएको छ ।

बितेको चौबिस घण्टामा कोरोनाका कारण विश्वमा ८ हजार ३५९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अमेरिकामा १ हजार ८५३, रुसमा ७८७, भारतमा २५४, ब्राजिलमा ७८१, फ्रान्समा १८८, बेलायमा १२०, जर्मनीमा २३५, टर्कीमा २६६, इटालीमा १९३ र स्पेनमा २४८ जना रहेका छन् ।

प्रकाशित मिति: २०७८,फाल्गुन,१४,शनिवार ११:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा बिहीबार दुई जातीय समूहबीच भएको सशस्त्र झडपमा परी कम्तीमा पाँच जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।

भारत । आसाम प्रहरीले बाल विवाहविरुद्धको अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । सामाजिक विकृतिविरुद्धको यो अभियानका क्रममा हालसम्म एक

काठमाडौं । भारतको सर्वोच्च अदालतले गरेको एक फैसलामा सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ को संज्ञा दिएपछि सिक्किम केहिदिन यता तातेको छ

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२