ऊर्जा क्षेत्रको सहकार्यका लागि नेपाल र भारतबीच छलफल

लोकपथ
105
Shares

काठमाडौं ।  उर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरु भएको छ ।

बिहीबार काठमाडौंमा सुरु भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच ऊर्जा क्षेत्रको सहकार्यका लागि सचिवस्तरीय छलफल सुरु भएको हो ।

संयुक्त कार्य समूह (जेडब्ल्यूजी) र संयुक्त सञ्चालन समिति (जेएससी) बीचको छलफलमा नेपालको तर्फबाट ऊर्जा, जलस्राेत तथा सिँचाइ सचिव देवेन्द्र कार्की र सागर कुमार राई सहभागी छन् भने भारतको तर्फबाट भारत सरकारका ऊर्जा सचिव ओलोक कुमार र नेपालस्थित भारतीय राजदुतावासकी मिसन उपप्रमुख नामग्या खाम्पा सहभागी छन् ।

आजबाट सुरु भएको सचिवस्तरीय बैठकमा नेपाल र भारतको ऊर्जा क्षेत्रको सहकार्यका लागि छलफल हुनेछ । आजबाट सुरु भएको बैठक भोलि (शुक्रबार)सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?