काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दै छ । बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’माथि छलफल हुँदै छ । संसदमा एमसीसीबारे छलफल हुनुअघि नै संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन सुरु भएको छ ।
प्रतिनिधिसभाको अगिल्लो बैठक जसमा एमसीसी संसदमा टबल भएको दिन पनि बानेश्वर क्षेत्र तनाबग्रस्त भएको थियो ।
प्रदर्शनलाई लक्षित गरेर महानगरीय प्रहरी कार्यालयले बानेश्वर क्षेत्रमा २ हजार ४ सय भन्दा बढी प्रहरी परिचालन गरेको छ ।
बानेश्वर क्षेत्रमा हुनसक्ने प्रदर्शनलाई लक्षित गर्दै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयबाट गरी २ हजार ४ सय भन्दा बढी प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले लोकपथलाई जानकारी दिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीको कमान्डमा ४ जना डिएसपीलाई फिल्डमा परिचालन गरिएको छ ।
कुनै पनि भौतिक क्षेती नहोस भन्ने हेतुले बानेश्वर क्षेत्रमा ५ वटा वाटर क्यानोन एम्बुलेन्स स्ट्यान्डबाइ राखिएको एसपी राठौरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया