काठमाडौं । मस्को–पूर्वी युक्रेनको बिखन्डनकारीले नियन्त्रणमा रहेको दोनेत्सकमा विस्फोटका ठूला आवाज सुनिएको बीबीसीले जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरेको केही समयमा नै सो क्षेत्रमा विस्फोटका आवाज सुनिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा खटिएका युक्रेनी सेनालाई हतियार बिसाएर आ–आफ्ना घर जान अनुरोध गरेका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले आक्रमणले युरोपेली महाद्वीपमा ठूलो युद्धको सुरुवात हुन सक्ने बताएका छन् ।
वार्ताबाट समस्या समाधान गर्न आफूले गरेको आग्रहलाई राष्ट्रपति पुटिनले बेवास्ता गरेको जेलेन्स्किीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया