हुम्ला। हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा आज बिहानदेखि हिमपात भएको छ । यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ ।
नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका हुम्ला विमानस्थलले जनाएको छ । सदरमुकाम सिमकोटमा पुस–माघजस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ ।
त्यस्तै, हिमपातका कारण सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ । हिमपात हुँदा कृषक औधी रमाएका छन् ।
कृषक हरिप्रसाद जैसीले भने, ‘यसपटक जौ, गहुँ र उवाको उत्पादन राम्रो हुने भयो ।’
यसैबीच नाम्खा गाउँपालिकाका वडा १ देखि वडा नं ५ सम्मका कृषकहरुलाई निःशुल्क स्याउका बिरुवा वितरण गरिने भएको छ । यसका लागि १२ हजार ५०० बिरुवा जुम्लाबाट यहाँ ल्याइएको छ ।
हवाई मार्गबाट स्याउका विरुवा ल्याएको कृषि प्राविधिक शर्मिला शाहीले जानकारी दिए । उनले भने, ‘हुम्लालाई स्याउ जोनका रुपमा विकसित गरिने उद्देश्य रहेको छ । स्याउ उत्पादनमार्फत कृषकको जीवनस्तर सुधार गरिनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया