भारतमा ३८ जनालाई सुनाइयो फाँसीको सजाय

लोकपथ
210
Shares

काठमाडौं । भारतमा श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाइएको छ ।

भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विस्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसी र ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको हो ।

भारतको अहमदावादमा सन् २००८ मा बम बिस्फोटको घटनामा ७७ जना आरोपी रहेका थिए । तीमध्ये ४९ जना दोषी ठहर भएको बताइएको छ । त्यस्तै उक्त घटनामा संलग्न २८ जनाले भने सफाइ पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?