टर्कीका राष्ट्रपति एक दशकपछि यूएईको भ्रमणमा

लोकपथ
42
Shares

टर्कीका राष्ट्रपति रेसेप तयप एर्दोगान सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा गएका छन् ।

झन्डै एक दशकपछि उनले पहिलो पटक यूएईको भ्रमण गरेले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति एर्दोगानले अरब क्षेत्रका विभिन्न विषयसँगै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय र आपसी दुई पक्षीय विषयमा छलफल गर्ने जनाइएको छ ।

अहिलेको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ राम्रो बनाउन ठूलो सहयोग हुने विश्वास लिएको उनले बताए।

दुईदिने भ्रमणका लागि अबुधाबी प्रस्थान गर्नुअघि टर्कीको राजधानी इस्तानबुलस्थित विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले युएईको भ्रमण गर्न पाउँदा आफू उत्साहित भएको पनि बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?