भारतमा थप ७१ हजार संक्रमित, १२ सयको मृत्यु

RSS
77
Shares

काठमाडौं । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी संक्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ संक्रमित भएका हुन् ।

सङ्घीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरु एक हजार २१७ जनाको मृत्यु भएको जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख पाँच हजार २७९ पुगेको छ ।

नयाँ संक्रमितहरुको सङ्ख्या निकै कम हुदै गएपछि अहिले भारतमा संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या आठ लाख ९२ हजार ८२८ पुगेको छ ।

सोही अवधिमा एक लाख ७२ हजार २११ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड १० लाख १२ हजार ८६९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?