बंगलादेश चीनको ऋणको जालमा परेको छैन : विदेशमन्त्री

लोकपथ
871
Shares

काठमाडौं । बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले ढाका चिनियाँ ऋणको जालमा परेको दाबीलाई खारेज गरेको सिन्ह्वाले उल्लेख गरेको छ।

शनिबार ढाकामा आयोजित एक कार्यक्रममा सहभागी भइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मोमेनले बंगलादेशलाई चीनले दिएको ऋण मुलुकको बाह्य ऋणको सानो अंश मात्रै रहेको बताएका छन् ।

सिन्ह्वाका अनुसार मन्त्रीले ऋण जाल चिन्ता भनेको चीनको बेल्ट एण्ड रोड इनिसिएटिभलाई ध्वस्त पार्ने र बेइजिङ र ढाका वा यस क्षेत्र र बाहिरका अन्य देशहरू बीचको सहयोगलाई रोक्नको लागि गरिएको स्पष्ट प्रयास हो भनेका छन्।

ऋण/जीडीपी अनुपातको सन्दर्भमा मन्त्रीले भने बंगलादेशको कुल ऋण १५ प्रतिशत वा लगभग १६ प्रतिशत भन्दा बढी छ। मोमेनले भने कुनै पनि देशको ऋण कुल गार्हस्थ उत्पादनको झण्डै ४० प्रतिशत हुँदा ऋणमा फसेको भन्ने हुन्छ ।

बंगलादेशले अहिलेसम्म विश्व बैंक, एसियाली विकास बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषबाट सबैभन्दा बढी ऋण लिएको बताउँदै मोमेनले भने, ‘विदेशी स्रोतबाट लिने हाम्रो कुल ऋणको पाँच प्रतिशत पनि चिनियाँ ऋण पुगेको छैन’ ।

मोमेनले कथित अधिकार दुरुपयोगको आरोपमा देशको र्‍यापिड एक्शन बटालियनका अधिकारीहरूमाथि अमेरिकी प्रतिबन्धको आलोचना गरेपछि यो कदम धेरै दुर्भाग्यपूर्ण र तथ्यमा आधारित नभएको भएको भन्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?