श्रीलङ्काका राष्ट्रपतिद्वारा १९७ कैदीलाई माफी

लोकपथ
35
Shares

श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापक्षले १९७ कैदीलाई आम माफी दिएका छन् ।

देशको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा सरकारको सिफारिसमा उहाँले उनीहरूलाई आम माफीको घोषणा गरेका हुन् ।

कारागार भित्र रहँदा व्यवहार तथा चरित्रमा सुधार हुदै गएकाहरूलाई बाँकी सजाय छूट गरिएको सरकारले जनाएको छ ।

व्यवहारमा सुधार भएकामध्ये पनि ६५ बर्ष उमेर पुरा गरेका, तोकिएको कुल सजायमध्ये कम्तीमा ५० प्रतिशत कटाइसकेकालाई आम माफीका लागि छनौट गरिएको हो ।

तर हत्या, लागु औषध कारोवार, बलात्कार र सैन्य अपराधमा संलग्न भएको आरोप पुष्टि भएकाहरूलाई भने आम माफी नदिइने व्यवस्था छ ।

श्रीलङ्का सन् १९४८ को फेबु्रअरी ४ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो । त्यतिबेलादेखि श्रीलङ्कामा हरेक बर्षको फेबु्रअरी ४ का दिन राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?