रुसमा एकैदिनमा भएका कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै

लोकपथ
13
Shares

काठमाडौं । रुसमा गएको २४ घन्टायता एकै दिनमा भएको कोरोना भाइरस संक्रमण दर सबैभन्दा धेरै भएको बताइएको छ ।

यहाँ बिहीबार अघिल्लो २४ घन्टायता १ लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण देखा परेको छ । यो संख्या एकै दिनमा भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै यो अवधिमा कम्तीमा पनि ६६५ जनाको ज्यान गएको बताइएको छ ।

यहाँ अहिलेसम्ममा ३ लाख ३३ हजार ३५७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । रुसमा पछिल्लो समयमा कोभिडका संक्रमितहरुको संख्या बढेको पनि पाइएको छ । रुसमा सबैभन्दा बढी यहाँको राजधानी मस्को प्रभावित भएको छ ।

अहिले देखिएका संक्रमितहरुमा पनि पछिल्लो समयमा सबैभन्दा बढी मस्कोमा नै भेटिएका छन् । यहाँ ओमिक्रोन भेरियन्ट पहिलेका वेभहरुको तुलनामा बढी नै फैलिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?