बेइजिङ ओलम्पिकलाई ‘ठूलो विजय’ भन्दै किमले गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा

लोकपथ
1.7k
Shares
This June 21, 2019 picture released from North Korea’s official Korean Central News Agency (KCNA) on June 22, 2019 shows China’s President Xi Jinping (centre R) speaking with North Korean leader Kim Jong Un (front L) upon his departure at the airport in Pyongyang. (Photo by KCNA VIA KNS / KCNA VIA KNS / AFP) / South Korea OUT / —EDITORS NOTE— RESTRICTED TO EDITORIAL USE – MANDATORY CREDIT “AFP PHOTO/KCNA VIA KNS” – NO MARKETING NO ADVERTISING CAMPAIGNS – DISTRIBUTED AS A SERVICE TO CLIENTS / THIS PICTURE WAS MADE AVAILABLE BY A THIRD PARTY. AFP CAN NOT INDEPENDENTLY VERIFY THE AUTHENTICITY, LOCATION, DATE AND CONTENT OF THIS IMAGE — /

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले बेइजिङ ओलम्पिकलाई ‘ठूलो विजय’ भन्दै चीनका राष्ट्रपति सी जिनपिङलाई बधाइ दिएका छन् । ‘विश्वव्यापी स्वास्थ्य संकट र अप्रत्यासित गम्भीर परिस्थितिका बाबजुद बेइजिङ हिउँदे ओलम्पिकको सफल उद्दघाटन समाजवादी चीनले प्राप्त गरेको अर्को ठूलो विजय हो,’ किमले राष्ट्रपति सीलाई पठाएको पत्रमा उल्लेख छ ।

आफूले दुई पक्ष र दुई देशबीचको बीचको सम्बन्धलाई निरन्तर नयाँ उचाइमा पुर्याउने किमले बताएका छन् । हिउदे ओलम्पिक शुक्रबार राजधानी बेइजिङमा हुँदैछ ।

यसैबीच राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाको मिसाईल परीक्षणबारे छलफल गर्ने भएको छ । उत्तरले मध्यमदूरीको व्यालिस्टिक मिसाइल (आईबीएम) सहित जनबरी महिनामा मात्र ७ ओटा मिसाइल परीक्षण गरेको छ । उसले सन् २०१७ पछि आइतबार पहिलो पटक आईबीएम प्रहार गरेको थियो ।
उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर राष्ट्रसंघले उमाथि बिभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?