भारतले नेपाललाई आर्थिक वर्ष २०२२–२३ मा १२ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले मंगलबार लोकसभामा प्रस्तुत गरेको बजेटमा १२ अर्ब रुपैयाँ विनियोजन गरेको उल्लेख छ ।
गतवर्ष भारतले १५ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । तर पछि त्यसलाई घटाएर १० अर्ब ४० करोड रुपैयाँमात्रै प्रदान गरेको थियो । भारतले नेपाललाई गतवर्ष प्रदान गरेको वास्तविक अनुदानभन्दा यस वर्ष बढी बजेट विनियोजन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया