काठमाडौं । भारतमा कोरोनाभाइरसका कारण थप एक ६७ हाजार भन्दा बढी संक्रमित भएका छन् । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १४ लाख ६९ हजार ४ सय ९९ संक्रमित भएका केद्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ ।
सरकारी अधिकारीहरूले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ६७ हजार ५९ नयाँ संक्रमित भएका हुन । पछिल्लो एक दिनमा भारतमा एक हजार १ सय ९२ जनाको कारोना भाइरस संक्रमणको कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै कोरोना भाइरसका कारण मृत्यु भएका कुल मृतकको संख्या चार लाख ९६ हजार २ सय ४२ पुगेको छ ।
मन्त्रालयले १७ लाख ४३ हजार ५९ जना अहिले पनि संक्रमित अवस्थामै रहेको जनाएको छ । यस अवधिमा नयाँ संक्रमित भन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै भएकाले सक्रिय संक्रमितको संख्या घट्दै गएको हो ।
संघीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा दुई लाख ५४ हजार ७६ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यसैसंगै भारतमा तीन करोड ९२ लाख ३० हजार १९८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया