काठमाडौं । बेलायतमा कोभिडको सम्भावित संक्रमणबाट जोगिन स्वास्थ्यकर्मीले लगाउने ठूलो परिमाणको व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीइ) सेटसँग सम्बन्धित सामग्री खेरा जाने भएको छ ।
२ अर्ब ७० करोड युरो मूल्यबराबरको करिब पाँच अर्ब आइटम हिनामिना हुने भएको हो ।
ठूलो परिमाणको सामग्री हिनामिन भएको भन्दै लिबरल डेमोक्र्याट्सले सरकारको आलोचना गरेको छ । ती आइटमको अब प्रयोग नहुने र राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)का कर्मचारीलाई सुरक्षा प्रदान नगर्ने सरकारले जनाएको छ ।
स्वास्थ्यमन्त्री इडवार्ड अर्गरले दिएको एउटा लिखित संसदीय सुनुवाई समितिलाई दिएको एक जवाफमा सो सामग्री खेरा गएको उल्लेख छ ।
‘सन् २०२० को मार्चमा महामारी फैलिएपछि सरकारको पीपीइ कार्यक्रमले ३६ अर्ब ४० करोडभन्दा बढी सामग्री किन्न आदेश दिएको थियो । त्योमध्ये ३ अर्ब ४० करोड एकाइलाई हाल सम्भावित अतिरिक्त स्टकको रुपमा पहिचान गरिएको छ । ती सामग्रीको अनुमानित मूल्य दुई अर्ब २० करोड युरो छ,’ अर्गरले भने ।
उनले अगाडि थपे, ‘तीमध्ये १ अर्ब २० करोड आइटम प्रयोगका लागि उपर्युक्त छैन । यसलाई किन्दा ४५ करोड ८० लाख युरो लागेको थियो ।’
तथ्यांकअनुसार अतिरिक्त स्टक र कामै नलाग्ने आइटम गरी ४ अर्ब ६० करोड आइटम हिनामिना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया