१२ जेष्ठ २०७९, बिहीवार

अफगानिस्तानका जनतालाई मानवीय सहायता गर्ने भारतको प्रतिबद्धता

२०७८,माघ,१४,शुक्रवार २१:५८

36
Shares

भारतले छिमेकी मुलुक अफगानिस्तानका जनतालाई मानवीय सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार भनेको छ‚ “अफगानिस्तानका जनताका लागि भारतको तर्फबाट मानवीय सहायता प्रदान गरिनेछ ।”

भर्चुअल माध्यमबाट भएको साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले खाद्य पदार्थ‚ कोरोनाभाइरस विरुद्धको खोप र अत्यावश्यक अन्य विभिन्न सामग्रीहरू‚ औषधीलगायत दिइने स्पष्ट पारे ।

उनका अनुसार पछिल्ला केही हप्तामा भारतले अफगानिस्तानलाई ३.६ टन स्वास्थ्य सामग्री र कोरोनाभाइरस विरुद्धको खोप पाँच लाख मात्रा उपलब्ध गराएको छ ।

थप सहयोग सामग्रीका लागि ढुवानी प्रक्रियाको गृहकार्य सुरु भइसकेको पनि प्रवक्ता वगाचीले जानकारी दिए।

प्रकाशित मिति: २०७८,माघ,१४,शुक्रवार २१:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार

रुस र युक्रेन बीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले मङ्गलबार नयाँ

काठमाडौं । ६ वर्षमा पहिलो पटक भारतले चिनी निर्यातमा सीमा तोकेको छ । सरकारले यो सिजनका लागि एक करोड टन

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको महिनौं लामो आक्रमणबिरूद्ध युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमाहरू विभाजित भएको बताएका छन् ।

ताजा समाचार

लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा
 २०७९,जेष्ठ,१२,बिहीवार १०:२३
पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५