अस्ट्रेलियामा १६ देखि १७ वर्षका व्यक्तिलाई पनि बुस्टर डोज दिने तयारी

लोकपथ
91
Shares

अस्ट्रेलियाको औषधि नियामक निकायले १६ र १७ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोभिडविरुद्ध बुस्टर डोज दिन अनुमति दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढिरहेका बेला थेरापेउटिक गुड्स एडमिनिस्ट्रेसन (टीजीए) ले १६ देखि १७ वर्षका व्यक्तिलाई फाइजरको बुस्टर डोजका लागि अनुमति दिएको हो ।

अमेरिका, इजरायल र बेलायतले पनि सो उमेर समूहका व्यक्तिलाई बुस्टर डोज दिइरहेका छन् ।

विश्वमा कोभिडविरुद्ध खोप लगाउने देशहरुको सूचीमा अस्ट्रेलिया अग्रपंक्तिमा पर्छ । अहिलेसम्म ९३ प्रतिशत वयस्कले पूर्ण खोप लगाएका छन् भने १८ वर्षमाथिका ३५ प्रतिशले बुस्टर डोज लगाएका छन् ।

सरकारले यसै महिनाको सुरुदेखि पाँचदेखि ११ वर्षका बालबालिकालाई खोप लगाउन सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?