१२ जेष्ठ २०७९, बिहीवार

अमेरिका र युक्रेनका राष्ट्रपतिबीचको वार्तामा रसियाविरुद्ध के निर्णय भयो ?

२०७८,माघ,१४,शुक्रवार ०८:०८

153
Shares

अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनप्रति आफ्नो समर्थन रहेको दोहोराएका छन् । युक्रेनका राष्ट्रपति किभ भोलोदिमिर जेलेन्सिकीसँगको टेलिफोन वार्तामा रसियासँगको विवादमा बाइडेनले युक्रेनप्रतिको आफ्नो समर्थन दोहोराएका हुन् ।

युक्रेनमा रसियाली सैन्य दवावको विरुद्धमा बाइडेनले एकीकृत पश्चिमा मोर्चा खडा गर्ने प्रयासमा छन्, जसका कारण मस्को क्रुद्ध बनेको छ । हाल एक लाख भन्दाबढी रसियाली फौज युक्रेनको सीमानजिक तैनाथ छन् ।

जेलेन्सिकीसँगको वार्तामा बाइडेनले रसियाले युक्रेनमाथि थप अतिक्रमण गरे आफ्ना गठबन्धन र साझेदार देशहरुको सहयोगमा निर्णायक जबाफ दिने आश्वासन दिएका थिए ।

सो अवसरमा बाइडेनले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखन्डताप्रति अमेरिकी प्रतिबद्धतामासमेत जोड दिएका थिए ।

वार्तामा रसियाको दबाबबीच युक्रेनलाई थप आर्थिक सहयोग प्रदान गर्ने विषयमा वासिंगटनले अध्ययन गरिरहेको बाइडेनले बताएका थिए ।

सो अवसरमा युक्रेन तनाब बढिरहेका बेला त्यहाँबाट आफ्ना नागरिकलाई स्वदेश फर्किन अमेरिकाले गरेको आह्वानको युक्रेनका राष्ट्रपतिले आलोचना गरेका थिए । त्यसको जबाफमा बाइडेनले अमेरिकी दूतावास खुला रहने र पूर्ण रुपमा काम गर्ने विश्वास दिलाएका थिए ।

प्रकाशित मिति: २०७८,माघ,१४,शुक्रवार ०८:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ । टिकटक स्टार

रुस र युक्रेन बीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले मङ्गलबार नयाँ

काठमाडौं । ६ वर्षमा पहिलो पटक भारतले चिनी निर्यातमा सीमा तोकेको छ । सरकारले यो सिजनका लागि एक करोड टन

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको महिनौं लामो आक्रमणबिरूद्ध युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमाहरू विभाजित भएको बताएका छन् ।

ताजा समाचार

पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५