अफगानिस्तानमा तत्कालै ३ अर्बभन्दा बढी मानवीय सहायता आवश्यक रहेको संयुक्त राष्ट्र संघको भनाइ

लोकपथ
105
Shares

काठमाडौं । संयुक्त राष्ट्र संघले अफगानिस्तानमा अहिले तत्कालै करिब ३ अर्ब ६० करोड अमेरिकी डलरबराबरको मानवीय सहयताको खाँचो रहेको जनाएको छ ।

हाल संयुक्त राष्ट्रसंघको समूहले अफगानिस्तानमा मानवीय सहयता वितरणको कार्य सुरु गरेको छ र त्यसका लागि कम्तीमा पनि ३ अर्ब ६० करोड अमेरिकी डलरबराबरको सहायताको खाँचो रहेको आकलन गरेको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजाकिरकका अनुसार हाल अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको एक समूहले मानवीय सहयताको वितरण गरिरहेको छ ।

यो सहयोग अहिले अरु केही नभएर मानिसहरुका लागि आधारभूत खाद्यान्न, उनीहरुलाई न्यानो कपडा र आधारभूत औषधिमुलोहरु रहेको बताइएको छ ।

यही जनवरीको सुरुमा संयुक्त राष्ट्रसंघले यस वर्षका लागि कम्तीमा पनि ४ अर्ब ४० करोड अमेरिकी डलरबराबरको मानवीय सहायता वितरण गर्नुपर्ने योजना बनाएको थियो ।

त्यसबाट नै अहिले तत्कालै कम्तीमा ३ अर्ब ६० करोड अमेरिकी डलरबराबरको सहयाताको खाँचो परेको हाल अफगानिस्तानमा सहयोग वितरण गरिरहेको संयुक्त राष्ट्र संघको समूहले जनाएको हो ।

तालिबानहरुको शासन सुरु भएपछि वैदेशिक सहायता आएको छैन । जसका कारण नागरिकहरु आधारभूत खाना, औषधि तथा न्यानो कपडाबाट पनि वञ्चित हुन पुगेका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?