कोभिड–१९ महामारीबीच भारतले ७३ औं गणतन्त्र दिवस मनायो

लोकपथ
39
Shares

भारतले कडा र पर्याप्त सुरक्षा उपस्थिति र कोभिड–१९ नियम पालना गर्दै बुधबार भारतले ७३ औं गणतन्त्र दिवस मनाएको छ । नयाँ दिल्लीको राजपथमा आयोजना गरिएको ७३ औं गणतन्त्र दिवसको मुख्य समारोहमा उपस्थित भएर राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रिय झण्डा फहराएपछि राष्ट्रिय गान बजाएर समारोहको उद्घाटन गरिएको हो ।

यस परम्पराअनुसार परेडको सुरुवातलाई चिनाउन २१ तोपकोे सलामी पनि दिइएको थियो । कोभिड–१९ महामारीको तेस्रो लहर चलिरहेको अवस्थामा यस वर्ष गणतन्त्र दिवसको परेड कार्यक्रममा पाँच हजार जनाको समूहमा मात्र उपस्थित गराइएको थियो ।

पूर्ण खोप लगाएका वयस्क तथा १५ वर्षभन्दा माथिका किशोरकिशोरीलाई मात्र कार्यक्रममा सहभागी हुन अनुमति दिइएको थियो । गणतन्त्र दिवस समारोहमा गत वर्ष जस्तै यस बर्ष पनि महामारीका कारण कसैलाई प्रमुख अतिथि बनाइएको थिएन ।

भारतले प्रमुख अतिथिको रूपमा यस समारोहमा उपस्थित हुन उत्सवको क्रममा प्रत्येक वर्ष विदेशी मुलुकका राष्ट्र प्रमुखलाई बोलाउने गरिएपनि महामारीका कारण यस बर्ष पनि यो परम्परालाई निरन्तरता नदिइएको हो ।

अधिकारीहरूका अनुसार दिल्लीमा कुनै अप्रिय घटना नहोस् भनेर प्रहरी र अर्धसैनिकका विशाल सेनाको रूपमा पर्याप्त सुरक्षाकर्मीलाई तैनाद् गरिएको थियो । नयाँ दिल्लीबाहेक देशका विभिन्न भाग र विदेशमा रहेका कुटनीतिक नियोगहरूमा पनि विभिन्न कार्यक्रमबीच गणतन्त्र दिवस मनाइएको भारतीय अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?