भारतको ७३ औं गणतन्त्र दिवस : यसरी तयार भएको थियो संविधान

लोकपथ
169
Shares

काठमाडौं । आज भारतका लागि एतिहासिक दिन हो । भारतले आज ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ । आजकै दिनदेखि भारतको संविधान कार्यान्वयनमा आएको थियो । सन् १९५० देखि हरेक वर्ष विभिन्न सांस्कृतिक र सैन्य तामझामसहित २६ जनवरीमा भारतले गणतन्त्र दिवस मनाउदै आएको छ ।

भारतले ब्रिटीश सम्राज्यबाट स्वतन्त्रत भएको उपलक्ष्यमा हरेक १५ अगस्टमा स्वतन्त्र दिवस मनाउँछ भने संविधान लागू भएको दिन अर्थात २६ जनवरीमा गणतन्त्र दिवस मनाउँछ ।

सन् १९४७ मा भारत स्वतन्त्र भएको थियो । स्वतन्त्र भएको केही दिनमै अर्थात २९ अगस्टमा स्वतन्त्र भारतका लागि संविधानको मस्यौदा तयार गर्न एउटा समिति गठन भएको थियो । सोही वर्षको ४ नोभेम्बरमा समितिले संविधानको मस्यौदा तयार पारेर संविधान सभामा पेस गरेको थियो । संविधानलाई अन्तिम रुप दिन झन्डै दुई वर्षसम्म संविधान सभाको अनगिन्ति वैठक बसेको थियो ।

मस्यौदमा वृहत छलफल र केही परिमार्जनपछि सन् १९५० को २४ जनवरीमा संविधान सभाका ३०८ सदस्यहरुले सम्झौताको एउटा मूल पाठमा हस्ताक्षर गरेका थिए । मूल पाठ अंग्रेजी र नेपाली दुई भाषामा थियो । त्यसको दुई दिनपछि सो संविधान कार्यन्वयनमा आएको थियो । सोही दिन डा। राजेन्द्र प्रसाद राष्ट्रपतिको रुपमा आफ्नो पहिलो कार्यकाल सुरु गरेका थिए ।

सन् १९५० मा औपचारिक रुपमा ग्रहण गरिएको भारतको संविधानले व्रिटीश उपनिवशेकालीन गभर्मेन्ट अफ इन्डिया एक्ट, ९सन् १९३५० लाई औपचारिक रुपमा विस्थापित गरेको थियो । संविधान कार्यान्वयनसँगै भारत संक्रमणकालबाट सार्वभौमसत्ता सम्पन्न गणतान्त्रिक देश बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?