काठमाडौं । बारामा विवाहको रथले किचेर २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका वडा नम्बर ३ स्थित बत्रा बस्ने २५ वर्षीया बालकुमारी देवी राम र १६ वर्षीया निलम कुमारी राम रहेको बारा प्रहरीले जनाएको छ ।
गएराति भएको दुर्घटना अन्य १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनीहरुको हादल उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दिलीप देउवाले लोकपथलाई जानकारी दिए ।
रथ एकाएक अगाडि बढेपछि अगाडि भएका मानिसहरुलाई ठक्कर दिई रथ अगाडि भएको रुखसँग ठोक्किएको एसपी देउवाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया