१० जेष्ठ २०७९, मंगलवार

लण्डन दूतावासमा अबदेखि कार्डबाट मात्रै भुक्तानी

२०७८,माघ,११,मंगलवार ०८:४१

9
Shares

लण्डन । लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ ।

दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा बैंक कार्ड (भिजा डेबिट–क्रेडिट, मास्टर कार्ड डेबिट–क्रेडिट, सबै मेस्ट्रो कार्ड)मार्फत लिइने सूचनामा उल्लेख गरिएको छ ।

दूतावासले यसअघि पासपोर्ट, भिसालगायत कामका लागि लिने सेवाशुल्क नगद कारोबार मात्रै गर्दै आइरहेको थियो । कार्ड पेमेन्ट स्वीकार नगर्दा सेवाग्राहीले झन्झट व्यहोर्नुपरेको गुनासो आएका कारण कार्ड भुक्तानी लागू गर्न थालिएको कार्यवाहक राजदूत रोशन खनालले बताए।

बेलायतमा लागभग सबै आर्थिक कारोबार कार्डमार्फत नै हुने र काम छिटो पनि हुने हुँदा यो नयाँ व्यवस्था सञ्चालनमा ल्याउन लागेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति: २०७८,माघ,११,मंगलवार ०८:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्वव्यापी महामारीको स्वरुप लिएको कोभिड–१९ नियन्त्रण गर्न भारत सफल भएको र चीन बिफल भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हत्याको प्रयासबाट बच्न सफल भएको एक युक्रेनी सैन्य अधिकारीले दाबी गरेका छन् । रुस–युक्रेन

काठमाडौं । महामारी प्रतिबन्धको सहजतापछि सन् २०२१ मा विश्वव्यापी मृत्युदण्डमा ‘चिन्ताजनक वृद्धि’ भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । इरानमा सन्

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न चाहेको बताएका छन्

ताजा समाचार

हुम्लामा २१ प्रतिशत मत बदर
 २०७९,जेष्ठ,१०,मंगलवार १७:१२
सरकारले हराएका सम्पदाहरु खोज्ने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:०३
आजबाट निर्वाचन आचारसंहिता हट्यो
 २०७९,जेष्ठ,१०,मंगलवार १७:००