मलेसिया । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई अस्पताल भर्ना गरिएको उनको कार्यालयका प्रवक्ताले शनिबार बताए ।
९६ वर्षीय मोहम्मदको राष्ट्रिय हृदय संस्थाको कार्डियाक केयर युनिटमा उपचार भइरहेको प्रवक्ताले संक्षिप्त विज्ञप्तिमा बताएका हुन् ।
यसअघि महाथिरलाई गत वर्ष डिसेम्बर १६–२३ मा पूर्ण स्वास्थ्य परीक्षण र अवलोकनका लागि राष्ट्रिय हृदय संस्थामा भर्ना गरिएको थियो ।
उनलाई गत ७ जनवरीमा सोही अस्पतालमा भर्ना गरिएको थियो र जनवरी १३ मा डिस्चार्ज गरिएको थियो महाथिरले दुई कार्यकालका लागि प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए ।
पहिलो सन् १९८१ देखि २००३ र दोस्रो सन् २०१८ देखि २०२० सम्म उनको कार्यकाल रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया