इरानले क्षेत्रीय स्थायित्वका लागि टर्कीसँग बलियो सहकार्य गर्ने

लोकपथ
105
Shares
Turkish and Iranian flag pair on desk over defocused background. Horizontal composition with copy space and selective focus.

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीले शनिबार टर्कीसँग क्षेत्रीय स्थायित्वका लागि सम्बन्ध र सहयोगलाई सुदृढ गर्ने वाचा गरेका इरानको राष्ट्रपति कार्यालयको वेबसाइटमा उल्लेख गरिएको छ।

‘इरानको टर्कीसँग सम्बन्ध र सहयोगको दीर्घकालीन र व्यापक दृष्टिकोण छ र हामी टर्कीसँग रणनीतिक सहयोगको योजनालाई स्वागत गर्दछौं,’टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँगको फोन वार्तामा रायसीले भने। राईसीले यस क्षेत्रको दीर्घकालीन सुरक्षा र स्थायित्वका लागि देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

एर्दोगानले आफ्ना पक्षको लागि टर्कीले सुदृढ पार्न विविध आर्थिक सहयोगको सूची तयार गरेको बताएका छन् ।

टर्कीका राष्ट्रपतिले इरानले टर्कीलाई ऊर्जाको निरन्तर आपूर्तिमा जोड दिँदै टर्कीले इरानलाई भरपर्दो ऊर्जा आपूर्तिकर्ता मानेको र त्यससँग सहकार्य बढाउन खोजेको समेत बताएका छन् ।

सो अवसरमा एर्दोगानले क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न इरानसँग आफ्नो देशको सहयोगको महत्त्वमा पनि जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?