महाथिरको स्वास्थ्य अवस्था स्थिर

लोकपथ
0
Shares

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदलाई केही हप्तामै तेस्रो पटक अस्पतालमा भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको उनकी छोरीले शनिबार जानकारी दिएकी छन् ।

पूर्व प्रधानमन्त्रीको दुई दिनदेखि क्वालालम्पुरस्थित राष्ट्रिय हृदय प्रतिष्ठानमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको छोरी मरिना महाथिरले बताइन् । उनी ९६ वर्षक छन् ।

महाथिरलाई पुनः अस्पताल भर्ना गरिएको खबर फैलिएपछि पछिल्लो स्वास्थ्यस्थितिबारे जानकारी लिन अस्पतालमा सञ्चारकर्मीको भीड देखिएको छ । मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोब अस्पताल पुगी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएको छ ।

करिब पचहत्तर दिनअघि सोही अस्पतालमा उपचार गराई घर फर्किएका महाथिरको नियमित उपचारका लागि भर्ना गरी करिब दुई साता अघि घर लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?