१२ जेष्ठ २०७९, बिहीवार

दाङमा रुखले च्याप्दा एकको मृत्यु

२०७८,माघ,७,शुक्रवार २०:३१

45
Shares

देउखुरीमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा गढवा गाउँपालिका–२ पचहिया निवासी ३३ वर्षीय सन्तोष यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शुक्रबार बिहान साढे सात बजेको समयमा घर नजिकैको जङ्गलमा स्याउला काट्न रुख चढेको बेला एक्कासी रुख ढल्दा यादव च्यापिएर मृत्यु भएको परिवारले जानकारी दिएको छ । सन्तोषका दाजु स्वामी यादवले भाइलाई रुखले च्यापेको देखेपछि उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा भाइको मृत्यु भएको जानकारी दिए ।

मृतक यादवको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७८,माघ,७,शुक्रवार २०:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३३

काठमाडौं । एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल र्‍याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ

दैलेख । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले आगलागीबाट क्षति भएका परिवारका लागि सहयोग उपलब्ध गराएको छ । आगलागीका कारण ठाटीकाँध

दैलेख । जिल्लाको दुल्लु नगरपालिकाले पालिकाभित्र रहेका युवालाई स्वरोजगार बनाउन सवारी चालक (ड्राइभिङ) तालिम दिने भएको छ । नगरपालिका भित्र

ताजा समाचार

लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा
 २०७९,जेष्ठ,१२,बिहीवार १०:२३
पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५