सिरिया आक्रमणमा १८ सुरक्षाकर्मीको मृत्यु

RSS
637
Shares

काठमाडौं । सिरियाको जेलमा भएको आक्रमणमा जेलका सुरक्षा गार्डसहित १८ जना कुर्दिस सुरक्षा अधिकारीको मृत्यु भएको छ ।

सिरियाली उक्त सुधार गृहमा हजारौं संदिग्ध जिहादीहरूलाई राखिएको र त्यहाँ इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा परी कम्तीमा १८ जना कुर्दिश सुरक्षाकर्मी मारिएका एक युद्ध अनुगमनकारी संस्थाले शुक्रबार जनाएको छ ।

आइएस समूहको नियन्त्रणमा रहेको राज्य सन् २०१९ मा पराजित भएको घोषणा गरिएपछि यस्तो सबैभन्दा ठूलो आक्रमण भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्था, ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ ।

एक प्रत्यक्षदर्शी स्थानीयले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीमा घटनामा विद्रोही समूहकासमेत दर्जनौ मारिएका बताए । तर मानवअधिकार अनुगमनकारी संस्थाले कुर्दिश आन्तरिक सुरक्षा बल र जेलका सुरक्षाकर्मीसहित मारिएकाहरूको सङ्ख्या १८ पुगेको पुष्टि गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?