पाकिस्तानको लाहोरस्थित लोहारी गेट क्षेत्रमा भएको शक्तिशाली बिस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
बिस्फोटमा २० जनाभन्दा बढी घाइते भएका छन् । बिस्फोटपछि साढे १ फिट गहिरो खाडल परेको प्रहरीले जनाएको छ ।
बिस्फोटको कुनै समूहले जिम्मा लिएको छैन । बिस्फोटबारे थप अनुसन्धान भइरहेको छ ।
बिस्फोटपछि सवारीसाधन जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया