विश्व इतिहासमा आजः भियतनाम युद्धदेखि अमेरिकामा एतिहासिक महिला प्रदर्शन

लोकपथ
7
Shares
Hovering U.S. Army helicopters pour machine gun fire into a tree line to cover the advance of South Vietnamese ground troops in an attack on a Viet-Cong camp 18 miles north of Tay Ninh, near the Cambodian border, March 1965. (AP Photo/Horst Faas)
आज २१जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

क्युबा भ्रमण गर्ने पहिलो क्रिश्चियन धर्मगुरु
सन् १९९८ को २१ जनवरीमा क्रिश्चियन धर्मगुरु पोप जोन पल द्धितीयले पहिलो पटक क्युबाको भ्रमण गरेका थिए । उनी क्युबा गर्ने पहिलो पोप हुन् ।

अमेरिकामा एतिहासिक महिला प्रदर्शन
लैंगिक समानता, नागरिक अधिकार माग गर्दै सन् २०१७ को २१ जनवरीमा अमेरिकामा देशव्यापी विशाल प्रदर्शन भएका थिए । सो प्रदर्शन अमेरिकी इतिहासमै अहिलेसम्मकै ठूलो बताइएको छ । प्रदर्शनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महिलाका पक्षमा नीतिगत निर्णय गर्न ठूलो दबाब दिएको थियो ।

भियतनाम युद्ध
सन् १९६८ को २१ जनवरीमा भियतनाममा ठूलो युद्ध भएको थियो, जसलाई इतिहासमा खे सान युद्धका नाममा चिनिन्छ । यो भियतनामको इतिहासमै निकै प्रचार गरिएको युद्ध मानिन्छ । युद्धमा ५०० अमेरिकी समुद्री सेनको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?