काठमाडौं । बुधबार एयर इन्डियाको फ्लाइट अमेरिका नजाने भएको छ । अमेरिकामा फाइभ–जी मोबाइल टेक्नोलोजीको प्रयोग सुरु भएकाले भारतबाट अमेरिका हुने सबै उडान रद्द भएका हुन् ।
एयर इन्डियाले ट्वीट गरेर भनेको छ, ‘उसको दिल्ली–न्यूयोर्क, दिल्ली सन फ्रान्सिस्को , दिल्ली–शिकागो , मम्बई–न्यूजर्सीको उडान हुने छैन ।’
यसका अलावा एयरलायन्सले दिल्लीबाट वासिङटन जाने उडानको पनि नयाँ तालिका बनाएको छ ।
फाइभ–जी नेटवर्कबाट विमानको सञ्चार प्रणालीले काम गर्न समस्या आउने भएकाले एयर इन्डियाले उडान रद्द गर्ने निर्णय गरेको हो । यसलाई मध्यनजर गर्दै फाइभ–जी प्रविधिलाई धावन मार्गबाट २ माइलको दूरीमा राखिने भएको छ ।
विमानको उचाइ नाप्ने क्षमतामा असर पर्न सक्ने
केही एयरलायन्सका सीईओले अमेरिकी यायायात अधिकारीलाई चिठ्ठी लेखेर भनेका छन्, ‘उड्डयन उपकरणमा अत्यावस्यक अपग्रेड वा परिवर्तनबिना यदि फाइफ–जी प्रयोगमा ल्याइयो भने ठूलो दूर्घटना हुन सक्छ । फाइभ–जी प्रविधिका कारण विमानलाई उचाइ मापनको क्षमतामा प्रभावित पार्न सक्छ ।
२ पटक रोकिइसक्यो फाइभ–जी लन्चिङ
युनाइटेड एयरलायन्सका सीइओ स्कट किर्बीले चेतावनी दिँदै भनेका छन्, ‘दूरसञ्चार कम्पनीहरु एयरपोर्टको नजिकै फाइभ–जी प्रविधिको प्रयोग गर्छन् भने यसको वरपर नकारात्मक असर पर्छ । महत्वपूर्ण विमानस्थलको नजिक फाइभ–जी प्रविधिको प्रयोग रोक्न आवश्यक छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया