बेलायतमा आप्रवासनको लागि हङकङबासीको आकर्षण

लोकपथ
119
Shares

काठमाडौं । धेरै हङकङवासीहरु बेलायतको सर्वाधिक महत्वपूर्ण आप्रवासन समूहमा परेका छन् ।

गत वर्षको जनवरीदेखि सेप्टेम्बरको अन्त्यसम्ममा झन्डै ८९ हजारले नयाँ प्रवेश आज्ञा (भिषा) योजना मातहतमा बेलायत बसोबासका लागि आवेदन हालेका हुुन् । हङकङमा नागरिकको स्वतन्त्रतामा तीव्र दरमा क्षती आइरहेकाले उनीहरुले हङकङबाट बेलायत सर्ने योजना बनाएका हुन् ।

बेलायतमा झन्डै १ लाख ८४ हजारले सबै मुलुकबाट काम गर्ने भिषाका लागि आवेदन गरेका हुन् । यो सुरुको ९ महिना अवधिको हो । यसमा कति हङकङका नागरिक आउन सक्छन् त ? २ डिसेम्बरमा सार्वजनिक गरिएको एक अध्ययनले हालसम्मकै उत्तम विकल्प दिएको छ । अक्सफोर्ड युुनिभर्सिटीका म्यान–यी कानले विदेशमा बेलायती राष्ट्रियता (बीएनओ) भएका १ हजार हङकङवासीहरुको सर्वेक्षण गरिएको बताएकी छन् । उनले केबल ६ प्रतिशतसँग पहिलेनै आवेदन दिएको बताइएको छ । यो बेलायती योजना हो ।

त्यसयता २९ लाख हङकङवासीहरुले बीएनओ स्तरका लागि आवेदन दिएका छन् । यसले करीब १ लाख ८६ हजार मानिस र उनीहरुमा आश्रितलाई सुुझाव समेत दिएको छ । थप ३२ प्रतिशतले पनि यसको बारेमा सोचिरहेका छन् । केहीलाई कहिले आवेदन गर्न सकिन्छ भन्ने विषय विशाल लागेको बताएका छन् । यसले उनीहरु गंभीर नभएको देखाएको छ । तर ३ लाख ८० हजारले आगामी पाँच वर्षभित्रमा आवेदन गर्न सकिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?