१२ जेष्ठ २०७९, बिहीवार

सुडानमा सैनिक शासनविरुद्धको प्रदर्शन, गोली लागेर ७ जनाको मृत्यु

२०७८,माघ,४,मंगलवार २२:५७

144
Shares

सुडान । सुडानमा गत वर्ष भएको सैन्य ‘कू’ को बिरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मङ्गलबार सातजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

राजधानी खार्तुममा भेला भएका हजारौैं प्रर्दशनकारीहरू राष्ट्रपति भवनतर्फ अघि बढ्ने क्रममा सेनाले गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको हो ।

प्रर्दशन नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्नुका साथै दर्जनौ सेल अश्रुग्याँस प्रहार गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । सुडानमा लामो समयदेखि शासन गर्दै आएको शासक ओमार अल बसिरलाई सन् २०१९ को अप्रिलमा अपदस्थ गरी सेनाले सत्ता लिएको थियो ।

प्रदर्शनकै क्रममा प्रर्दशनकारीहरुले नागरिक शासनको माग गर्दै सेनाविरुद्ध चर्को नारा लगाएका छन् । सोही क्रममा उनीहरुले ठाउँ ठाउँमा टायर बाली सडक अवरुद्ध गरेका छन् ।

यसैबीच, संयुक्त राष्ट्रसंघले सुडानको सैनिक कु का विषयमा सुडानी सेनासँग तत्काल वार्ता गर्ने जनाएको छ । सुडानमा गत वर्ष देखि सुरु भएको सेना विरुद्धको प्रदर्शनमा हालसम्म ७१ जना मारिएका छन् ।

प्रकाशित मिति: २०७८,माघ,४,मंगलवार २२:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई नेता इमनरान खानले नेतृत्व गरेको जुलुसका कारण बढ्दो अशान्ति नियन्त्रण गर्न भन्दै प्रधानमन्त्री शेहबाज

न्युयोर्क । अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी हमला गरेका बन्दुकधारीले आक्रमणअघि सामाजिक सञ्जालमा त्यसबारे

बेइजिङ । चीनले ताइवाननजिकै सैन्य अभ्यास गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीका बाबजुद चीनले सैन्य अभ्यास गर्न

कश्मिर । जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गोली हानेर हत्या भएको छ ।

ताजा समाचार

पाकिस्तानको ‘रेड जोन’मा सेना परिचालन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:५५
काठमाडौं महानगर-१३ मा एमाले विजयी
 २०७९,जेष्ठ,१२,बिहीवार १०:४९
कभी इद कभी दिवालीमा जगपति भिलेन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:४४
चीनले ताइवान वरपर सैन्य अभ्यास गर्ने
 २०७९,जेष्ठ,१२,बिहीवार १०:३६