यस्तो छ जापानको पछिल्लो कोरोना अपडेट

लोकपथ
416
Shares

काठमाडौं । जापानमा पछिल्लो २४ घण्टामा थप २३ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दासम्म जापानमा १९ लाख ३ हजार १९०जना कोरोना संक्रमित भएका छन् ।

जापानमा कूल संक्रमितमध्ये १७ लाख ४३ हजार १३६ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै कोरोनाका कारण हालसम्म १८ हजार ४३४ जनाले ज्यान गुमाएका छन् ।

जापानमा २ सय ६१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसेको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३३ करोड २२ लाख १० हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै कूल कोरोना संक्रमितमध्ये २६ करोड ९४ लाख ९५ हजार २४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने कोरोनाका कारण हालसम्म विश्वभर ५५ लाख ६६ हजार ५ सय ५६ जनाले ज्यान गुमाएका छन् ।

विश्वमा ९६ हजार ५०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?