अष्ट्रेलियाको कोरोना अपडेट : पछिल्लो २४ घण्टामामात्रै ७३ हजार बढीमा संक्रमण पुष्टि

लोकपथ
130
Shares

काठमाडौं । अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा थप ७३ हजार ५ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो समाचार तयार पार्दासम्म अष्ट्रेलियामा १८ लाख ७४ हजार ३५ जनामा कोरोना संक्रमित भएका छन् ।

कूल संक्रमितमध्ये ६ लाख ६३ हजार ७४५ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै कोरोनाका कारण हालसम्म २ हजार ७७६ जनाले ज्यान गुमाएका छन् ।

अष्ट्रेलियामा ४ सय १९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै, विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसेको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३३ करोड २२ लाख १० हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै कूल कोरोना संक्रमितमध्ये २६ करोड ९४ लाख ९५ हजार २४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने कोरोनाका कारण हालसम्म विश्वभर ५५ लाख ६६ हजार ५ सय ५६ जनाले ज्यान गुमाएका छन् ।

 

विश्वमा ९६ हजार ५०५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?