टोंगामा ज्वालामुखी बिस्फोट : क्षतिको विवरण बुझ्न न्युजिल्यान्डले पठायो विमान

लोकपथ
210
Shares

वेलिंगटन । प्रशान्त महासागरमा पानीमुनि ज्वालामुखी विस्फोटनपछि सुनामीका कारण टापुराष्ट्र टोंगामा ठूलो क्षति भएको अनुमान गरिएको छ । तर, सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको विवरण सार्वजनिक हुन सकेको छैन् ।

विस्फोटनले प्रशान्त क्षेत्रका टापुहरूलाई खरानीले ढाकेको र विद्युत् र सञ्चार सम्पर्क विच्छेद भएको प्रारम्भिक विवरणमा जनाइएको छ । ज्वालामुखीले पुर्‍याएको क्षतिको मूल्यांकनका लागि न्युजील्यान्डले एउटा विमानसहितको टोली टोंगा तर्फ पठाएको छ ।

शनिवार राजधानी नुकुआलोफाबाट करीब ६५ किलोमिटर उत्तरमा रहेको हुंगाटोंगा हुंगा आपाईमा विशाल विस्फोट भएको थियो । बिस्फोटको आवाज अमेरिका र जापानसम्म सुनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?