‘कू’ को विरोधमा सुडानमा हजारौँको प्रदर्शन

लोकपथ
0
Shares

सुडानमा तीन महिना अघि भएको सैनिक विद्रोहको विरोधमा सोमबार हजारौँ सडकमा उत्रिएका छन् । ती प्रदर्शनलाई दबाउन सुरक्षा बलहरूले अश्रु ग्यास प्रहार गरेको एएफपी संवाददाताले बताएका छन् ।

सुडानको झण्डा बोकेका प्रदर्शनकारी राजधानी खार्तुमलगायत अन्य सहरमा भेला भएका थिए भने सुरक्षा अधिकारीहरू पनि ठूलो सङ्ख्यामा खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?