१० जेष्ठ २०७९, मंगलवार

अमेरिकाको टेक्सासमा बन्धक यहुदीको रिहाइ

२०७८,माघ,२,आईतवार १९:१४

171
Shares

काठमाडौं । अमेरिकाको टेक्सास राज्यको डलास शहरमा बन्धक बनाइएका चार जनालाई मुक्त गराइएको छ । कोलिविलको यहुदीको पूजा स्थल सिनगोगमा उनीहरुलाई बन्धक बनाइएको थियो । प्रहरीसँग १० घण्टा चलेको गतिरोधपछि उनीहरुलाई त्यहाँबाट सुरक्षित निकालिएको हो। बन्धकमा सिनगोगका रब्बी पनि सामेल थिए।

यसअघि प्रहरीको विशेष टिम त्यहाँ तैनाथ गरिएको थियो । एफबीआईका नेगोशिएटर्सले पनि आक्रमणकारीसँग कुराकानीमा घण्टौं लगाएका थिए । प्रहरीका अनुसार आक्रमणकारीको मृत्यु भएको छ । तर मृत्यु कसरी भयो भन्ने जानकारी प्राप्त नभएको जनाइएको छ । घटनान शान्त हुनु अघि विस्फोट र गोलीको आवाज सुनिएको थियो ।

स्थानीय मीडियालाई कानुन प्रवर्तन अधिकारीहरुले बताए अनुसार बन्धक बनाउनेहरुले पाकिस्तानी न्यूरोसाइन्टिस्ट आफिया सिद्दीकी को रिहाइको माग गरेको पनि सुनिएको थियो । आफिया अहिले अमेरिकामा ८६ वर्षको जेल सजाय काटिरहेका छन् । अफगानिस्तानमा एक अमेरिकी सैन्य अधिकारीलाई मार्ने कोशिशको आरोपमा आफिया दोषी ठकर भएका थिए ।

इजरालयका प्रधानमन्त्री नफ्ताली बेनेटले यस घटनाबारे यहुदी समुदायलाई सम्बोधित गर्दै भनेका थिए, ‘म कोलिविल र विश्वभरका यहुदीलाई भन्न चाहन्छु कि तपाईं एक्लै हुनुहुन्न हामी तपाईंको साथमा खडा छौं ।’

प्रकाशित मिति: २०७८,माघ,२,आईतवार १९:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्वव्यापी महामारीको स्वरुप लिएको कोभिड–१९ नियन्त्रण गर्न भारत सफल भएको र चीन बिफल भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हत्याको प्रयासबाट बच्न सफल भएको एक युक्रेनी सैन्य अधिकारीले दाबी गरेका छन् । रुस–युक्रेन

काठमाडौं । महामारी प्रतिबन्धको सहजतापछि सन् २०२१ मा विश्वव्यापी मृत्युदण्डमा ‘चिन्ताजनक वृद्धि’ भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । इरानमा सन्

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न चाहेको बताएका छन्

ताजा समाचार

कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
 २०७९,जेष्ठ,१०,मंगलवार १८:०१
सिद्धबाबा सुरुङमार्गको निर्माण गरिने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:५१
आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
 २०७९,जेष्ठ,१०,मंगलवार १७:४७
भेरीगंगामा प्रादेशिक विमानस्थल बनाइने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:४३