साउदी अरेबिया नेतृत्वको सेनाद्वारा यमनमा हुथी विद्रोहीविरुद्ध आक्रमण

लोकपथ
203
Shares

यमन । यमनमा रहेको साउदी अरेबियाको नेतृत्वको सेनाले विभिन्न सहरमा शनिबार पनि आक्रमण गरेको छ ।

हुथी विद्रोहीको विरुद्धमा कारबाहीका क्रममा सो सेनाले यमनको राजधानी सहरलगायतका विभिन्न सहरमा यस्तो हमला गरेको हो ।

उक्त सेनाले युद्धक विमानबाट शनिबार मारिब र साबा शहरमा हवाई हमला गरेको हो । त्यस क्रममा हुथी विद्रोहीहरुका कतिपय आश्रयस्थलहरु भत्किएका बताइएको छ ।

यमनमा एक जना सैनिक अधिकारीले विभिन्न सहरमा यमनका सेना समेत सम्मिलित गठबन्धन सेनाले हवाई कारबाही गरेको र त्यसमा परेर केही हुथी विद्रोही पनि हताहत भएका बताएका छन् ।

ती अधिकारीका अनुसार शनिबार दिनभर यस्तो हवाई कारबाही जारी रहेको छ । मारिब यमनको तेलको धनी शहर हो ।

यहाँका कतिपय स्थानमा हुथीहरुले आश्रय स्थलहरु नै बनाएका बसेका छन् । त्यसैले यमनको सेनाले समय समयमा यस्तो हवाई काबारही गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?