माघ २ देखि बुस्टर मात्रा खोप लगाउन थाल्न स्वास्थ्य मन्त्रालयको सर्कुलर

लोकपथ
1k
Shares

सरकारले यही माघ २ गतेदेखि कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप लगाउन थाल्ने निर्णय गरेको छ । पहिलो चरणमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई बुस्टर मात्रा खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोहीअनुसार मन्त्रालयले मातहतका निकायलाई आवश्यक व्यवस्था मिलाउन सर्कुलर गरेको छ ।
मन्त्रालयका अनुसार माघ १४ गतेदेखि ६० वर्ष र माथिका नागरिकहरुलाई बुस्टर मात्रा लगाइनेछ । यस्तै खोप लगाएको ६ महिना पूरा भइसकेका नागरिकलाई पनि बुस्टरमात्र लगाइनेछ ।
पहिले लगाइएकै खोपको बुस्टर मात्रा लगाउने गरी स्वास्थ्यमन्त्रीस्तरीय निर्णय भएको स्वास्थ्य मन्त्रालय अन्तरगतको परिवार कल्याण महाशाखाका अञ्जु बस्नेतले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?