६ माघ २०७८, बिहीवार

इटालीको प्रहरीले गुलाबी मास्कको प्रयोग गरेकोमा चासो व्यक्त

२०७८,पुष,३०,शुक्रवार २०:१९

72
Shares

इटालीको प्रहरी संगठनले अधिकारीहरूलाई कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि दिइएको मास्क गुलाबी हुन नहुने भन्दै आपत्ति जनाएको छ । अधिकारीहरूले यो रङ प्रहरीको पोशाकसँग नमिल्ने र यसले ‘संस्थाको पोशाकसम्बन्धी नियमलाई हानि हुने जोखिम रहेको चेतावनी दिएका छन्।

बिहीबार अनलाइनमा प्रकाशित राष्ट्रिय प्रहरी प्रमुखलाई लेखेको पत्रमा एसएपी (साप) युनियनका प्रमुखले एफएफपी–२ मास्कको रङ छनोटसम्बन्धी कमजोरीलाई लिएर कारबाही गर्न आग्रह गरिएको छ ।

स्टेफानो पाओलोनीले भनेका छन्, “पुलिस प्रबन्धकहरूले ‘आफ्ना अधिकारीहरू’को सजावट संरक्षण गर्नुपर्छ । उनीहरूलाई एकरूपको लागि विचित्र र संस्थाको छविलाई हानि पुर्‍याउने जोखिममा सुरक्षात्मक उपकरणहरू (मास्क) सँग संस्थागत क्रियाकलापहरू गर्ने आदेश नदिने सुनिश्चित गर्नुपर्छ ।”

सेतो, नीलो वा कालो जस्ता अन्य रङहरू धेरै हदसम्म नीलो भएको वर्दीसँग मिल्दोजुल्दो हुने तर गुलाबी मास्क प्रयोग गर्नु उपयुक्त नहुने सुझाव पत्रमार्फत् उनले दिए।

इटालेली सञ्चार माध्यमले उद्धृत गरेको सँगैको एउटा नोटमा संगठनले गुलाबीसँग यसको कुनै विशेष मुद्दा नभएको तर अधिकारीहरूको वर्दी विनियमित गराएको दावी गरिएको छ ।

यद्यपि यस बिषयबारे उप–पूर्वाधार मन्त्री टेरेसा बेलानोभाले ट्वीटरमा ‘रंगीबिरंगी मास्क लगाउनुमा कुनै अमर्यादित कुरा छैन’ भनेकी छन् ।
लगभग २०,००० सदस्यहरू वा पाँचमध्ये एक इटालेली प्रहरी अधिकृत सङ्गठित भएको संगठन एसएपीले गुलाबी मास्क इटालीको उत्तर र सिसिलीमा विभिन्न एकाइहरूमा वितरण गरिएको बताएको छ ।

कोरोनभाइरसको फैलावट रोक्न इटालीका सबै सार्वजनिक स्थानहरूमा मास्क लगाउनु आवश्यक छ । सार्वजनिक यातायातमा उच्च श्रेणीको एफएफपी–२ मास्क अनिवार्य गरिएको छ ।

प्रकाशित मिति: २०७८,पुष,३०,शुक्रवार २०:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतका कूल वयस्कहरूमध्ये ७२ प्रतिशतले कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेका छन् । भारतको केन्द्रीय सरकारले बिहीबार दिएको जानकारीअनुसार १५ देखि १८ वर्षसम्मका

ब्राजिल । ब्राजिलमा गएको २४ घन्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ब्राजिलका स्वस्थ्य अधिकारीहरुले सो

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा वर्षाका कारण भएको दुर्घटनामा एक वृद्ध र दुई बालबालिकाको मृत्यु भएको छ भने एकै

क्यारोलिना । उत्तरी क्यारोलिनाको ज्याक्सनभिल शहरमा रहेको मरीन कोर्प्स बेस क्याम्प लेजेउने नजिकै भएको एक रोलओभर दुर्घटनामा कम्तीमा दुई अमेरिकी

ताजा समाचार

कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित
 २०७८,माघ,६,बिहीवार २०:४०