आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
169
Shares

१. झनै बढ्यो कोरोना संक्रमणदर ः शुक्रबार मात्रै ५ हजार ८७ जनामा संक्रमण पुष्टि, ३ सय ६ जना संक्रमणमुक्त हुँदा ३ जनाको मृत्यु ।

२. सर्वदलीय बैठकमा निर्वाचन आयोगले राख्यो ७ बुँदे प्रस्ताव, राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न सुझाव ।

३ नेपालको अखण्डतामाथि हस्तक्षेप र अतिक्रमण बन्द गर्न भारतलाई माओवादीको चेतावनी, मोदीले दिएको अभिव्यक्तिबारे नेपाल सरकारले कुनै प्रतिक्रिया नजनाएकोमा दुःख व्यक्त ।

४. रोजगारी सिर्जना गर्न स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गरिने श्रममन्त्री कृष्णकुमार श्रेष्ठ भनाइ, रोजगारी सिर्जना गर्न दीर्घकालीन रणनीति बनाएर अघि बढ्नु आवश्यक रहेको प्रतिक्रिया

५. आगामी वैशाखमा कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुनुपर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइ, माघको पहिलो हप्तासम्म निर्वाचन घोषणा गरिसक्नुपर्नेमा जोड ।

६. सहकारीहरु आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्ने भूमिमन्त्री शशि श्रेष्ठको भनाइ, सहकारीलाई सदस्य केन्द्रित भई व्यावसायिक बनाउनुपर्नेमा जोड ।

७. मेलम्चीको पानी अस्थाइ रुपमा काठमाडौंमा पठाउने कार्ययोजना कार्यान्वयन गर्न सरकारलाई विकास तथा प्रविधि समितिको निर्देशन, भौगोलिक दृष्टिकोणले मेलम्ची जोखिमपूर्ण रहेकोले विकल्प खोज्न आग्रह ।

८. सेयरधनीहरुबीच विवाद हुँदा हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया भाँडियो, अन्तिम समयमा आएर मर्जर भाँडिएसँगै राष्ट्र बैंकले दुवै बैंकलाई कारबाही गर्ने ।

९. यस साता सेयर बजारमा १६५ दशमलव २८ अंकको वृद्धि, बजार पूँजीकरण पनि २ खर्ब ३६ अर्बले बढ्यो ।

१०. नेपाल राष्ट्र बैंकले आजदेखि २ रुपैयाँ दरको सिक्का प्रचलनमा ल्यायो, दृष्टिविहीनले पनि स्पर्श गरेर दर पत्ता लगाउन सक्ने ।

११. मुलुकको अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक, मूल्यवृद्धि पाँच वर्षयताकै उच्च, रेमिट्यान्स लगातार ओरालो लाग्दै ।

१२. सत्ता कब्जा गरेपछि तालिबानले सार्वजनिक ग¥यो पहिलो बजेट, महिनौंदेखि तलब नपाएका कर्मचारीहरुले जनवरीको अन्त्यदेखि तलब पाउने ।

१३. डेल्टा भेरियन्टका कारण भारतमा तीन महिनामा २ लाख ४० हजारको मृत्यु, ओमिक्रोनले फेरि ठूलो मानवीय र आर्थिक क्षति पुर्याउन सक्ने राष्ट्रसंघको चेतावनी ।

१४. प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको दोस्रो जित, सुदूरपश्चिम प्रदेश ३ विकेटले पराजित ।

१५. र ‘ए डिभिजन लिग’ अन्तर्गत आज भएको खेलमा एपीएफद्वारा हिमालयन शेर्पा १–० गोलले पराजित, योसँगै एपीएफ लिगको आठौँ स्थानमा उक्लियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?