६ माघ २०७८, बिहीवार

संयुक्त राष्ट्र प्रमुखद्वारा आर्थिक पतनबाट बच्न अफगानिस्तान केन्द्रीय बैंकलाई सहयोग गर्न आग्रह

२०७८,पुष,३०,शुक्रवार १६:४६

81
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार अन्तरराष्ट्रिय समुदायलाई अफगानिस्तानको केन्द्रीय बैंकलाई तुरुन्तै सहायता प्रदान गर्न र देशको अर्थतन्त्रमा तरलता रोक्न थप सहयोग गर्न आह्वान गरेका छन् ।

‘अफगानिस्तानको केन्द्रीय बैंकको कार्यलाई संरक्षित र सहयोग गरिनु पर्छ र अफगान विदेशी मुद्रा भण्डारको सशर्त फुकुवाका लाग मार्ग पहिचान गरिएको छ,’ स्पुतनिकले गुटेरेसको बयानलाई उद्धृत गर्दै लेखेको छ।

‘हामीले अर्थतन्त्रमा द्रुत रूपमा तरलता इन्जेक्सन गर्न र लाखौंको लागि गरिबी, भोक र विपन्नता निम्त्याउने मन्दीबाट बच्न अझ बढी केन्द्रीत गर्नुपर्दछ,’ गुटरेसले थपे।

अगस्टको मध्यमा तालिबानले कब्जा गरेपछि अमेरिकाले अफगानिस्तानको करिब १० अर्ब डलरको सम्पत्ति रोक्का गर्दै र इस्लामिक इमिरेट्समाथि प्रतिबन्ध लगाएको थियो।

यस बीचमा अफगानिस्तानलाई विदेशी सहायताको रोकले अफगानिस्तानको पहिल्यै कमजोर आर्थिक प्रणालीलाई थप अपाङ्ग बनाएको छ । जसले लाखौं मानिसहरूको जीवनमा प्रतिकूल असर पारेको छ।

प्रकाशित मिति: २०७८,पुष,३०,शुक्रवार १६:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतका कूल वयस्कहरूमध्ये ७२ प्रतिशतले कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेका छन् । भारतको केन्द्रीय सरकारले बिहीबार दिएको जानकारीअनुसार १५ देखि १८ वर्षसम्मका

ब्राजिल । ब्राजिलमा गएको २४ घन्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ब्राजिलका स्वस्थ्य अधिकारीहरुले सो

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा वर्षाका कारण भएको दुर्घटनामा एक वृद्ध र दुई बालबालिकाको मृत्यु भएको छ भने एकै

क्यारोलिना । उत्तरी क्यारोलिनाको ज्याक्सनभिल शहरमा रहेको मरीन कोर्प्स बेस क्याम्प लेजेउने नजिकै भएको एक रोलओभर दुर्घटनामा कम्तीमा दुई अमेरिकी

ताजा समाचार

कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित
 २०७८,माघ,६,बिहीवार २०:४०