झनै बढ्यो कोरोना संक्रमणदर : शुक्रबार मात्रै ५०८७ जना संक्रमित थपिए

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार देशभर गरिएको २० हजार ५ सय ६० जनाको परीक्षणमा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय ६ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म ८ लाख १५ हजार ६५३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९६ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप ३ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १३ पुगेको छ ।

हाल देशभर १८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?