भाजपालाई ४५ सीटमा खुम्च्याइदिने मौर्यको चेतावनी

लोकपथ
0
Shares

भारत उत्तर प्रदेशको योगी आदित्यनाथ सरकार र भारतीय जनता पार्टी छाडेका स्वामी प्रसाद मौर्यले भाजपालाई पहिलेकै अवस्थामा पुर्‍याइदिने चेतावनी दिएका छन् ।

भाजपा छाडेर समाजवादी पार्टीमा प्रवेश गर्न लागेका मौर्यले भाजपालाई ४५ सीटमा सीमित गरिदिने दाबी गरेका हुन्। २०१७ अघि भाजपाको सीट ४५ थियो ।

समाचार एजेन्सी एएनआईले बेहीबार राति स्वामी प्रसाद मौर्यलाई उदृत गर्दै यस्तो बताएको हो ।

मौर्यले समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग औपचारिक भेटवार्ता गरेका छन् । मौर्य शुक्रबार सपामा जाने छन् ।

पछिल्लो समय उत्तर प्रदेशमा कतिपय मन्त्री, सांसदले भाजपा छाडेको घोषणा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?