काठमाडौं । चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुला गर्न माग गर्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् ।
बुधवार माईतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागी भएका अमीर तामाङले उनले चीन आवत जावत गर्ने केरुङ र खासा नाकाहरु खुला गर्न माग गरे ।
उनले चीन सरकारले हुम्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने बताए ।

आन्दोलनकर्मी तामाङले भने, ‘केरुङ, खासा नाकाहरु खुल्ला गरिनुपर्छ । हुम्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन । त्यसमा चीन सरकारले हेर्नुपर्छ ।’
आन्दोलनकर्मीहरुले ‘नेपाल–चाइना नाका खुला गर’, ’विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न पाइँदैन‘, ‘हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन’, ’नेपाली भूमि अतिक्रमण बन्द गर’ लगायतका नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया