कोभिड बढेपछि तियानजिन शहरमा यात्रा प्रतिबन्ध

लोकपथ
63
Shares
A rider travels on an empty road following lockdown measures to curb the spread of the coronavirus disease (COVID-19) in Xian, Shaanxi province, China December 26, 2021. Picture taken December 26, 2021. cnsphoto via REUTERS ATTENTION EDITORS – THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. CHINA OUT.

काठमाडौं । कोभिड संक्रमण बढिरहेका बेला चिनियाँ अधिकारीहरुले तियानजिन सहरमा नयाँ यात्रा प्रतिबन्ध लगाएका छन् ।

संक्रमण बढेपछि केही दिनअघि सो सहरमा सरकारले लकडाउन घोषणा गरेको थियो । यसअघि सरकारले सियान सहरमा पनि लकडाउन घोषणा गरेको थियो ।

तियाजिनका अधिकारीहरुले बेइजिङ छुट्ने बस तथा चार्टर सेवा रोकेको छ । तियानजिन सहरमा बुधबार एकै दिन ९७ जनामा संक्रमण देखिएको छ ।

ग्लोबल टाइम्सका अनुसार ओमिक्रोन संक्रमित एक जना विद्यार्थीका कारण १० जनामा संक्रमण फैलिएको थियो ।

ओमिक्रोनसहित ८४ जनामा संक्रमण देखिएपछि यसअघि सरकारले एनियाङ सहरमा प्रतिबन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?