पाकिस्तानका तालिबान नेता अफगानिस्तानमा मारिए

लोकपथ
70
Shares

काबुल । पूर्वी अफगानिस्तानमा तेहरिक इ तालिबान पाकिस्तान (पाकिस्तान तालिबान)का एक वरिष्ठ नेता मारिएका छन् ।

तालिबान नेता खालिद बाल्टी ‘मुहमद खोर्सानी’ मारिएको पाकिस्तानी सुरक्षाकर्मीले पुष्टि गरेका छन् ।

सशस्त्र समूह र पाकिस्तान सरकारबीचको वार्ता अवरुद्ध भइरहेका बेला तालिबान नेता मारिएको विवरण सार्वजनिक हुन् ।

खोर्सानी पाकिस्तानसँगको सीमावर्ती क्षेत्र नानगारह प्रान्तमा मारिएको पाकिस्तान तालिबानले जनाएका छ । समूहको प्रवक्ता हुँदा उनी तालिबान माझ मुहमद खोर्सानी नामले परिचित थिए ।

खोर्सानीलाई अज्ञात बन्दुधारीहरुले हत्या गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको मृत्युबारे तालिबानले अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?